News Portal

  • रलिङ माविको भवन बन्नलाई हिमपातले छेकेन

    भक्तपुर, २२ पुस
    ११४४ पटक
    भक्तपुर, २२ पुस

    हिमपात र माईनस डिग्रीको तापक्रमका वावजुद पनि उत्तरी हुम्लाका समुदायले विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका छन् । निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएपछि समुदायले चिसोको पर्वाह नगरी दुईकोठे विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका हुन् ।

    सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँमा रहेको रलिङ माविका लागि दुई कोठे भवनको निर्माण कार्यको जिम्मा समुदायलाई लगाएको थियो ।

    समुदायले हिमपात भइरहेकै अवस्थामा पनि कामलाई निरन्तरता दिँदा भवनको निर्माण कार्य सम्पन्न भएको स्थानीय फुन्जोक लामाले बताए । हुम्लामा विकासे कामहरु हिउँद हिमपातको कारण भन्दै रोकिने गर्दै आएका छन् ।

    तीन महिना अगाडि निर्माणको जिम्मा समुदायले पाएकोमा कामको सिजन सकिए पछि निर्र्माण कार्य सुरु गरिएको थियो । भवन निर्माण उपभोक्ता समितिले थोरै समयमा विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेको उनले बताए ।

    भूकम्प प्रतिरोधी भवन निर्माणका लागि कुल लागत ३४ लाख ७३ हजार ५९८ रुपियाँ लागेकोमा २१ लाख ६३ हजार ५९८ रुपियाँ गुड नेवर्स इन्टरनेशनल नेपाल ( जिएनआई ) को लगानी रहेको छ भने ११ लाख १५ हजार एलजियु र एक लाख ९५ हजार स्थानीय समुदायको जनश्रमदान रहेको जिएनआई जिल्ला संयोजक बिरेन्द्र चौधरीले जानकारी दिए ।

    भवनका लागि स्थानीय सहयोगी संस्थाहरु स्नोल्याण्ड एकिकृत बिकास केन्द्र र किर्डाक नेपालको सहजिकरण रहेको थियो ।

    हिमाली जिल्लामा हिउँदे बिदा हुने भएको कारण नयाँ शैक्षिक सत्रबाट मात्र नयाँ निर्माण भएको भवन सञ्चालनमा आउने छ ।

    विद्यालयलार्य कक्षाकोठाको अभाव रहदै आएको सो समस्या नयाँले समधान गर्ने विद्यालयले जनाएको छ । विद्यालयमा करिव तीन सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...