News Portal

  • प्रेस संगठन प्रति आभारी छौं : डीएसपी जोशी

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १४ चैत
    १८४८ पटक
    भक्तपुर, १४ चैत

    जगातीस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले प्रेस संगठन नेपालप्रति आभार प्रकट गरेका छन् । संगठनको भक्तपुर जिल्ला कमिटीले सल्लाघारीको तीनकुनेस्थित महानगरीय प्रहरी पोस्टमा कार्यरत प्रहरीहरुका लागि हात धुने पानीको व्यवस्था गरिदिएपछि उनले आभार प्रकट गरेका हुन् ।

    शुक्रवार बिहान प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीका संयोजक कविता थापा र सह संयोजक संजीप घिमिरे ‘शुभचिन्तक’को नेतृत्वमा प्रहरी कर्मचारीका लागि हात धुने पानीको व्यवस्था गरिएको हो । उक्त अवसरमा जिल्ला कमिटीका सदस्यहरु विरेन चम्लागाई र आशिष पौडेलसमेत उपस्थित रहेका थिए । प्रहरी पोस्टमा माछापुच्छ्रे बैंक र नागरिक हेल्थ ट्रस्ट फन्डको सहयोगमा पाँच सय लिटरको पानी ट्यांकी जडान गरिएको जिल्ला कमिटीका सदस्य विरेन चम्लागाईले बताए । सिमित व्यक्तिको उपस्थितिमा दुरी व्यवस्थापन सहित पानी ट्यांकी प्रहरीलाई हस्तान्तरण गरिएको थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले साबुन पानीले हात धोएर उक्त पानी ट्यांकीको उद्घाटन गरेका थिए ।

    कोरोना भाइरसको सन्त्रास बीच मास्क र पन्जा बिना नै कार्यस्थलमा खटिरहेका प्रहरी कर्मचारी देखेपछि हात धुने व्यवस्था मिलाइएको प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीको संयोजक कविता थापाले बताइन् । ”फिल्डमा खट्ने प्रहरीमा कोरोना प्रतिको डर पायौं । जनसेवामा खटेका प्रहरीको लागि सानो सहयोग गर्न पाउँदा खुशी छौं ।” संयोजक थापाले भनिन् ।

    महानगरीय प्रहरी प्रभाग कटुन्जेका प्रमुख एवं प्रहरी नायव निरीक्षक ज्योति कार्की त्यसैगरी प्रहरी सहायक निरीक्षक मनोज सर्राफ लगायतले पत्रकार र प्रहरी फिल्डमा संगसंगै रहने हुँदा एक अर्काको सहयोगी भएको भन्दै यसले सम्बन्धलाई थप मजबुद बनाउने बिस्वास व्यक्त गरेका थिए ।  प्रहरी जवान प्रविन कट्टेलले पानी ट्यांकी पाएसंगै बेलाबेलामा हात धुन र मनोबैज्ञानिक रुपमा बलियो बन्न सघाउ पुग्ने बताए ।”अरुलाई हात धुनुपर्छ भन्ने तर आफै हात धुन नपाउने अवस्थाको अन्त्य भएको छ । यसले मनोबैज्ञानिकरुपमा हामीलाई बलियो बनाएको छ ।” उनले भने । कोरोना भाइरस संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले साबुन पानीले हात धोइरहन सिफारिस गरेको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस(कोभिड १९)का कारण देश बन्दाबन्दी(लकडाउन) मा रहँदा अनावश्यक काममा बाहिर निस्कनेलाई नियन्त्रण गर्न सुरक्षाकर्मी तैनाथ गरिएका छन् । बन्दाबन्दीको चौथो दिनसम्म पनि भक्तपुरका अधिकांश तल्लो तर्जाका प्रहरीहरु मास्क र पन्जा बिना नै कार्यस्थलमा खट्नु पर्दा रोगको जोखिममा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...