News Portal

  • भूकम्पपीडितका घरको नक्सा बनाउन प्राधिकरण कर्मचारीले खाएको घुस नेकपाले फिर्ता गरायो

    इमान्दार संवाददाताभोजपुर ।
    १५७३ पटक
    भोजपुर ।

    भुकम्प पिडितहरुको घर बनाउन नक्सा बनाए वापत कन्सलटेन्सीले लिएको घुस रकम नेपाल कम्युनिष्ट पार्टीले फिर्ता गराएको छ ।

    भोजपुरको उत्तरी षडानन्दा नगरपालिका २ कुदाककाउलेमा भुकम्प पिडितहरुको घरको नक्सा पास गर्ने भन्दै पुनरनिर्माण प्राधिकरणका कर्मचारीले नियम विपरित रकम अशुली गरेको खवर पाएपछि पार्टीले त्यसतर्फ आफ्नो युनिट खटाएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीको न्याय विभागमा प्राधिकरण करामचारिहरुले घुस खाएको निवेदन परेपछि पार्टीले अनुसन्धान थालेको र पीडितसँग घुस खाएको भेटिएको नेकपा भोजपुरले जनाएको छ ।

    नेकपाले अनुसन्धान गर्दा स्थानिय कन्सलटेन्सिले पिडितसंग १ लाख ९४ हजार रकम लिएको प्रमाणित भएको जानकारी आफुहरुलाइ दिएपछि त्यस मध्ये ३४ हजार रकम पिडितलाई नै फिर्ता गरीएको वडा अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताएका छन् ।

    घिमिरेका अनुसार नेकपाको न्याय विभागमा उजुरी परेको आधारमा पार्टीले अनुसन्धान गर्दा कन्सलटेन्सिका कर्मचारीले मनोमानि ढंगले केही रकम लिएको भेटिएकोले पार्टीकै अनुरोधमा दोषीबाट उक्त रकम मध्ये केही रकम फिर्ता गरिएको हो ।

    यता कम्युनिष्ट पार्टीका जिल्ला सचिवलय सदस्य तिलक राईले पिडितहरुसंग नियम विपरित प्राधिकरणका कर्मचारीले लिएको सवै रकम पिडितलाई फिर्ता गराइने बताएका ।

    उनले भनेका छन्- ‘यस्ता अनियमितताका घटना हुँदा पार्टीमा उजुरी दिनुहोला हामी सबै घटनाको अनुसन्धान गरेर कारबाही गर्ने छौ । जनताको पीडामाथि पीडा थप्ने यस्ता भ्रष्टहरुलाई हाम्रो पार्टीले छानीछानी जनताको माझमा नंग्याउने छ ।’

    यस्तै नगरपालिकाका उप मेयर मेरीका राईका अनुसार प्राधिकरणका कर्मचारीले नभएर स्थानिय कन्सलटेन्सिले नक्सा पास बापतको रकम लिएको बताइन । रार्ईका अनुसार वि.एन.एम इन्जीनेरिङ कन्सल्टेन्सि प्रा.ली ले नक्सा पास बापतको रकम लिएको बताइन ।

    प्रमुख जिल्ला अधिकारी फनिन्द्र दहालले यसविषयमा जानकारीमा नआएको यदी प्राधिकरणका कर्मचारीले रकम अशुली गरेको भएमा कारवही गर्ने बताएका छन् ।

    जिल्ला समन्वय समिति भोजपुरका सूचना अधिकारी एवं फोकल पर्सन धनकुमार राईले पुननिर्माण प्राधिकरणको कार्यविधि अनुसार भुकम्पपिडितको नक्सा नगरपालिकामा पास गर्दा राजस्व लिन नपाइने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...