News Portal

  • तेह्रथुममा तिम्ल्याहा बच्चा

    तेह्रथुम, ४ माघ
    ६५२ पटक
    तेह्रथुम, ४ माघ

    तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् ।

    सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

    मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए ।

    सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उनको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताउनुभयो । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १।६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

    बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउनु जरुरी हुन्छ । बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

    संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...