News Portal

  • केन्द्रिय सदस्य बन्न नेकपाका नेताहरु लालाहित, चयन नहुँदै खाइसके बधाई

    नेपालवाल संवाददाताकाठमाडौँ, ६ जेठ
    १६२६ पटक
    काठमाडौँ, ६ जेठ

    नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य बन्न नेताहरु लालाहित देखिएका छन् । आफूलाई केन्द्रमा राखेर आफ्नो नाम अनलाइन संचार माध्यमहरुमा राख्न लगाउनेदेखि बधाई खान समेत उनीहरुले भ्याइसकेका छन् ।

    पार्टी एकताको घोषणा कार्यक्रममा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको पहिलेको पार्टीमा नेताहरु पहिले मर्नको लागि प्रतिष्पर्धा गर्नेमा अहिले पदको लागि प्रतिस्पर्धा गर्ने गरेको भनेर चिन्ता व्यक्त गरिरहदा नयाँ निर्माण भएको पार्टी नेकपामा यो रोग झन् चौखण्ड देखिएको छ ।

    विसं २००६ सालमा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दल नेकपा टुट्फुट् हुदै आएकोमा २० हजार ४ सय ४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भै एसियाकै तेस्रो ठुलो दल बन्न सफल भएको छ । संयोगबस नेकपाको केन्द्रिय सदस्य संख्या पनि ४ सय ४१ नै तय भएको छ ।

    केहि केन्द्रिय सदस्य पद यतिबेला रिक्त छ र नेतृत्व त्यसको चयनमा जुटेको छ । केन्द्रिय सदस्यमा आफूलाई पार्न नेतागणले गरेको प्रचारबाजीले यतिबेला सामाजिक संजाल रंगिएको छ । नेतृत्वको नजरमा पार्न नेताहरु आफै आफ्नो प्रचारप्रसारमा लागेको दृश्य दयनीय देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...