News Portal

  • धम्की दिनेको परिचय दिनुपर्छ : प्रवक्ता बाँस्कोटा

    भक्तपुर, ३ माघ
    १०८६ पटक
    भक्तपुर, ३ माघ

    पूर्व गृह मन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका नेता भीम रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । तर, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको धम्कीमा कुनै सत्यता नभएको र उनीमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका हुन ।

    उनले भने, “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उनले भने “यदि साँच्चै उनीमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।” “रावल नेकपाकै नेता हुन, उनको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ ।

    पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उनले भने “उनको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटारबाट धम्की आयो भन्ने सत्य पनि होइन ।”

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...