News Portal

  • सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

    ८३४ पटक

    काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगैंं सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन गर्ने भएको हो ।

    स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

    चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ । दुई दिनपछि नै दैनिक १० देखि २० हजार मास्क उतपादन हुने उनले बताए ।

    मास्क मात्रै होइन (कोभिड-१९) संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात व्यक्तिगत सुरक्षा सामाग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...