News Portal

  • कोभिड–१९ : सिरहामा दुई नाका सञ्चालन

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ५४७ पटक
    ९ चैत २०७६

    लहान । कोभिड– १९ सङ्क्रमणको सम्भावित खतरालाई दृष्टिगत गरी भारतसँग जोडिएका दुई नाकाबाहेक सिरहाका सबै नाका आज बिहानदेखि बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस फैलिएपछि भारतसँग जोडिएका माड्र र ठाडीबाहेक जिल्लाका सबै नाका आज बिहानदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

    खुला सीमाका कारण भारतबाट मानिसको ओहोरदोहोरबाट भाइरस भित्रिन सक्ने जोखिलाई मध्यनगर गरि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती दुई नाकाबाहेक सबै सीमा नाका बन्द गरिएको प्रजिअ गुरागाईंले बताए । परिस्थिति जटिल बन्दै गए खुला राखिएका ती दुवै नाकासमेत बन्द गर्न सकिने र खुला रहेका नाकामा सुरक्षा निगरानी बढाइनुका साथै दुई÷दुई हेल्थ डेस्क राखिएको बताइएको छ ।

    यस्तै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सिरहामा १५ आइसोलेसन कक्ष तयार पारिएको छ । सदरमुकामस्थित जिल्ला अस्पताल, धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिकास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पाँच÷पाँच श्यया गरी १५ शैयाका आइसोलेसन कक्ष तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...