News Portal

  • कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु

    भक्तपुरपोष्ट संवाददाता९ चैत २०७६
    ७८२ पटक
    ९ चैत २०७६

    पोखरा । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनले भने, ‘फिभर क्लिनिकमा ज्वरो आएका र भाइरस सङ्क्रमणका आशङ्का गरिएका बिरामी जाँच हुने छ । सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।’

    नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक  सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी आइतबारदेखि यहाँ  ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरु हुने भएको छ । रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् ।

    स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र समस्या जानकारी गराइ जाकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ । रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र भीडभाड हुने स्थानमा नजान आग्रह गरे ।रासस

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...