News Portal

  • सर्वोच्च बारले छुट्टै राहत कोष स्थापना गर्ने

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १६ चैत
    ११०६ पटक
    काठमाडौं, १६ चैत

    हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोविड–१९) को प्रकोप प्रति सर्वोच्च अदालत बार एशोसिएशनले आफ्नो चासो देखाएको छ । सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सर्वसाधारणहरुलाई घरभित्रै क्वारेन्टाइनमा बस्न देशव्यापी लकडाउन गरेको अवस्थामा भिडियो कन्फरेन्समार्फत बैठक बसी सर्बोच्च अदालत बार एशोसिएशनले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाप्रति चासो एवं चिन्ता व्यक्त गरेको कुरा सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले बताएका हुन् ।

    उपाध्यक्ष अधिवक्ता खडकाका अनुसार सम्पन्न उक्त भिडियो कन्फरेन्स बैठकले बारका सदस्यहरुबाट यथासक्य आर्थिक संकलन जुटाई संकटको यस विषम घडीमा सर्वोच्च बारका कुनै सदस्य कोरोनाबाट पिडीत भएको अवस्थामा आवश्यकता अनुसार सहयोग गर्ने गरी एक राहत कोषको स्थापना गर्ने निर्णय गरेकाे छ । बैठकले देशव्यापी लकडाउनको अवधिमा न्यायपालिकाबाट भएका विविध व्यवस्थापनहरु बारे जनसाधारणसमक्ष केहि अन्यौलताहरु रहेकोले सर्वसाधारणले बुझ्ने भाषामा सूचित गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । साथै उक्त बैठकले उक्त महामारीका कारण सृजित परिस्थितिबाट प्रभावित दैनिक श्रम गरी जीवन गुजारा गरिरहेका व्यक्ति, न्यून आय भएका वेसहारा नागरिकहरुको हकमा संवेदनशिल भई तत्काल समन्वयात्मक राहतको प्याकेज घोषणा गर्न नेपाल सरकार, प्रदेश सरकारहरु, स्थानीय तह एवं सम्वद्ध सबैको ध्यानाकर्षण गरेको बताइएको छ ।

    यस्तो महामारीको समयमा पनि नाफाखोरहरुले दैनिक उपभोग्य बस्तुहरुमा जुन किसिमको मुल्यवृद्धी गरेका छन्, यसबाट आम नागरिकहरुमा कष्टमाथि महाकष्ट थपिन पुगेको हुंदा नाफाखोरी तथा कालोबजारी नियन्त्रणका सबै उपायहरु अवलम्वन गर्न तथा माग गरीएकाे  छ । आर्थिक वर्ष २०७६।०७७ को आफ्नो मौजुदा साधन स्रोतलाई कोरोना नियन्त्रणका लागि विनियोजन गर्न तिनै तहका सरकारसंग माग गरिएको उपाध्यक्ष खडकाले बताएका छन् । बैठकले सम्पूर्ण कोराना प्रभावितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारीका विरुद्ध संघर्षरत स्वास्थ्यकर्मीलगायत सम्वद्ध सबैप्रति आभार व्यक्त गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...