ललितपुर बाट संचालन भैरहेको दैनिकीन्युज डटकमले सञ्चारकर्मीलाई प्रेस ज्याकेट वितरण गरेको छ । लकडाउनको रिपोर्टिंगमा हिड्न सहज होस् भन्ने उदेश्यले संचारकर्मीलाई प्रेस ज्याकेट वितरण गरिएको हो ।
प्रेस ज्याकेट लगाएर रिपोर्टिंगमा निस्कदा प्रहरीले पहिचान गर्न सजिलो हुने र झमेला नहुने भएकोले प्रेस ज्याकेट वितरण गरिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार डेढ सय थान ज्याकेट वितरण गरिएको छ ।
उपत्यकाका साथै काभ्रे र सिन्धुलीसम्मका क्रियासिल पत्रकारलाई नि: शुल्क प्रेस ज्याकेट उपलब्ध गराएको सम्पादक कार्कीको भनाइ छ ।मकवानपुर,बारा,पर्सा र राैतहटमा पनि प्रेस ज्याकेट पु्र्याउने प्रकृयामा रहेकाे उनले जानकारी गराए ।