आज नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक दिउँसो १ बजे बोलाएको छ । आज स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई आज साँझ ५ बजेसम्मको समय दिएको छ ।
यस विच अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने कार्य जारी छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि माओवादीले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएको छ ।