News Portal

  • भक्तपुरका सबै वडामा लगाइदैछ चिनियाँ कोरोना खोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर २३ जेठ २०७८,आइतबार
    १४१३ पटक
    भक्तपुर २३ जेठ २०७८,आइतबार

    भक्तपुर नगरपालिकाले कोरोनाभाइरस विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।

    आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गरेको छ । भक्तपुर नगरपालिकामा १० वटै वडामा जेठ २५ र २६ गते खोप लगाइँदै छ । खोप मङ्गलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

    भक्तपुर नगरपालिकाले १ वडामा भक्तपुर बहुमुखी क्याम्पस  (दुधपाटी ) ,२ वडामा जनज्योति पुस्तकालय (नःपुखु ) ,वडा ३ मा पद्म स्कुलमा दिने छ भने त्यस्तै ४ वडामा तालाक्व , ५ वडामा भने वडा कार्यालयमै , ६ वडामा ख्वप कलेज (देकोचा) , ७ वडामा महेश्वरी मन्दिर परिसर , ८ वडामा ख्वप इन्जिनियरिङ कलेल (लिवाली) , ९ वडामा दत्तात्रय आधारभूत विद्यालय र १० वडामा भने बक्सिङ प्रशिक्षण हल (कमलविनायमा) खोप केन्द्रहरु रहेको छ ।

    खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...