News Portal

  • केपी शर्मा ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको प्रचण्ड आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ पुस २०७८
    ८९७ पटक
    भक्तपुर, १ पुस २०७८

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने नेकपा एमाले अध्क्षय केपी ओलीले लगाएको आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो र मन गणन्ते भएको बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिएका थिए ।

    अध्क्षय प्रचण्डले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त सहमति भएको कुरा ओलीलाई प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्नु पर्ने बताएका छन् ।

    प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

    प्रचण्डले अगाडि लेखेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।’

    विज्ञप्तिमार्फत प्रचण्डले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...