News Portal

  • गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान ः प्रधानमन्त्री देउवा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार ४ २०७९
    ४२० पटक
    भक्तपुर, असार ४ २०७९

    प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने बताएका छन्। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको शनिबार उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आवश्यक कानुन छिट्टै ल्याउने बताएका छन्।
    क्याबिनेटबाट निर्णय गरेर छिट्टै विधेयक ल्याउछौं,ु देउवाले भने। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिकाको प्रमुख गोपाल हमालले भौतिक संरचना तयार भइसकेको गेटामा प्रतिष्ठान वा मेडिकल कलेज संचालन गर्ने भन्नेबारे छिटो निर्णय गर्न प्रधानमन्त्री देउवालालाई आग्रह गरेका थिए।

    गेटामा मेडिकल कलेजका लागि भनेर भवनहरु निर्माण भए पनि मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा संचालन गर्ने भन्नेबारे सरकारले टुंगो लगाउन सकेको छैन। प्रतिष्ठान वा विश्वविद्यालय संचालन गर्न माग गर्दै यहाँका स्थानीयले सरकारलाई दबाब दिँदै आएका छन्।

    प्रधानमन्त्री देउवाले तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखे। उनले सार्वजनिक क्षेत्र अतिक्रमण रोक्नसके मात्र धनगढीलाई सुन्दर सहरको रुपमा विकास गर्न सकिने भन्दै यहाँका जनप्रतिनिधिलाई अतिक्रमण नियन्त्रणमा ध्यान दिन आग्रह गरे।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...