News Portal

  • गोदावरीमा रोभर रेन्जर क्याम्प शुरु

    भक्तपुरपोस्ट संवाददाताललितपुर, ५ असार २०७९
    ३९८ पटक
    ललितपुर, ५ असार २०७९

    ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो ।

    शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले पहिलोपटक स्काउटमा आधारित यस्तो क्याम्प आयोजना गरेको हो । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी रहेका छन् ।

    रोभर रेन्जर क्याम्पले विद्यार्थीलाई स्काउटका गतिविधिमा सामेल गराउने नगरपालिकाका मेयर महर्जनले बताए । उनले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने जानकारी समेत गराए । ‘स्काउटले नैतिकता सिकाउछ, सम्यम्ता र उद्दार कार्यमा जुट्न सिकाउछ‘, उनले भने, ‘अब निकट भविस्यमा पनि बजेटको व्यवस्थापन गर्नेछौँ ।‘

    उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् ।

    स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो।

    हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दिपक अर्यालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...