News Portal

  • अन्डरग्राउण्डका संरचना हटाउन बानेश्वर पुगे मेयर बालेन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,६ भदौ २०७९
    ४३८ पटक
    भक्तपुर,६ भदौ २०७९

    काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो।

    सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा पसल हटाइएको प्रमुख साहको स्वकीय सचिव भूपदेव साहले बताएका छन्। पार्किङमा अन्य संरचना राख्दा काठमाडौं उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ।

    अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो। यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो। ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी सहितको सहयोगमा सोमबारबाट काम सुरु भएको स्वकीय सचिव साहले बताए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...