News Portal

  • बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    ललिता शाह, भक्तपुर, १६ असोज २०८०
    ३८८ पटक
    भक्तपुर, १६ असोज २०८०

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ । मंगलबार मात्रै मन्त्रिपरिषद् निर्णय गरेको राष्ट्रिय शोकको दोस्रो दिन बुधवार सोह्र श्राद्धको अन्तिम दिन पारेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेकाे हाे ।

    अध्यक्ष एव‌‌म् पूर्वमन्त्री राजेन्द्र महतोको उपस्थितिमा नेता तथा कार्यकर्ताहरुले मृतकहरूको सम्झनामा २ सय २८ वटा दिप प्रज्वलन तथा दुई मिनेट मौनधारण गरी मृतक आत्माहरूको चिरशान्तिको कामना गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालका युवा नेता राजनारायण साहले जानकारी गराए ।

    दीप प्रज्वलन कार्यक्रममा अध्यक्ष सहित युवा नेताहरू सुमन सायमी जुन तारा’ मोहम्मद हुसैन, रविन्द्र , नेतृ कमला लगायतको दुई दर्जन नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियाे । गत बिहिबारदेखि लगातार तीन दिनसम्म भीषण वर्षा पश्चात आएको बाढी पहिरोले देशैभरिमा २ सय २८ जनाले ज्यान गुमाएका छन् भने राष्ट्रको झण्डै १७ अर्ब बराबरको भौतिक क्षति भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...