News Portal

  • प्रदेश नं ३ उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङ निर्विरोध

    इभक्तपुर संवाददाताहेटौडा, २८ माघ
    ५३८ पटक
    हेटौडा, २८ माघ

    प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एक मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुख पदको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेकी थिइन्।

    नुवाकोट १ (क) बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की बासिन्दा हुन् । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख रहेकी थिइन् ।

    यसैबीच अहिले यसअघि नै सभामुखमा निर्विरोध निर्वाचित एमालेका सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइदै छ । प्रदेश नं ३, प्रदेशसभामा कूल १ सय १० सदस्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका...

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह...

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई...