News Portal

  • गगन थापाको नारा:”म बन्छु जिम्मेवार,कर्तब्य संगै अधिकार “

    ८१२ पटक

    काठमाडौं । नयाँ वर्षको अवसर पारेर काँग्रेस नेता तथा काठमाडौ ४ का सांसद गगनकुमार थापाले शनिबार आफ्नो क्षेत्रमा नयाँ अवधारणा सहितको अभियान सुरु गरेका छन् ।

    गत वर्ष २०७४ को पहिलो दिन स्वास्थ्य मन्त्री भएकाले पाँच प्रतिवद्धता सहितको “मेरो स्वास्थ्य मेरो वर्ष” अभियानको सुरुवात गरेका थापाले शनिबार आफ्नो निर्वाचन क्षेत्रमा नयाँ अवधारणा सहितको सरसफाई अभियान सुरु गरेका हुन् ।

    सांसद थापाले स्थापना गरेको काठमाडौ ४ को सांसदको कार्यालयद्धारा आयोजित “म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार” नामक अभियानको शताब्दी पुरुष सत्यमोहन जोशीले प्रारम्भ भएको घोषणा गरेका थिए । कार्यक्रममा शताब्दीपुरुष जोशीले चार नम्वर क्षेत्रमा सुरु गरिएको यो अभियान मेचीदेखि महाकालीसम्म गाउँपालिकादेखि संघीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए ।

    कर्तव्यमा जोड दिने कतव्र्यसहितको अधिकार बोध गराउने अभियानलाई सबैले मनन गरियो भने देश बनिछाड्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद थापाले नयाँ वर्षलाई कर्तव्यको वर्ष बनाउन आह्वान गर्दै वर्षभरि आफ्ना गतिविधिलाई अधिकारभन्दा कर्तव्यको दृष्टिकोणबाट हेर्न आग्रह गरे ।

    हाम्रा कुनै पनि धर्मले कर्तव्य बिनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पूरा गर्ने मात्रै अधिकारको हकदार हुने तर्क गरे। अधिका प्रति म जति सचेत रहन्छु, कर्तव्यप्रति पनि त्यति नै सचेत रहने छु भन्ने साेंच र अठोट नयाँ वर्षका अवसरमा लिन उनले आग्रह गरे ।

    अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई सम्पूर्ण जिम्मेवार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...