News Portal

  • नरम स्वभावका गृहमन्त्री बादल गर्जिएपछि आत्तिए यातायात व्यवसायी

    इभक्तपुर संवाददाताभक्तपुर, २१ बैशाख
    ७३२ पटक
    भक्तपुर, २१ बैशाख

    सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड बनाएपछि यातायात व्यवसायीले यातायात ठप्प पारे । सडकमा निजी, कम्पनीमा दर्ता भएका साझा, मयूर, अन्नपूर्ण, महानगर, धूम्रबराहलगायत कम्पनीका केही सवारीमात्र गुडे ।

    ‘रुट परमिट’ लिएका यातायात व्यवसायीले सार्वजनिक सवारी नचलाउँदा यात्रु सडकमा हिँड्न बाध्य भए ।

    संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् ।

    यातायात अबरुद्ध हुदा सर्वसाधारण यात्रुले सास्ती पाएपछि ७७ वटै सीडीअाे र प्रहरी प्रमुखलाई सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।

    मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हड्तालमा उत्रिएका व्यवसायी समितिहरुका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका उनको स्वकीय सचिवालयले बताएको छ । सचिवालयका अनुसार सरकारले सार्वजनिक सवारी–साधन बन्द गर्ने यातायात व्यवसायी समिति र संघका पदाधिकारीको सम्पति छानवीन गर्ने र बैंक खातासमेत बन्द गर्ने निर्णय गरेको छ ।

    हड्तालमा उत्रिएका यातायात व्यवसायीहरुलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएलगत्तै आज देशभरिबाट दर्जनौं व्यवसायीहरु पक्राउ परेका छन् । ‘रुट परमिट’ लिएर सम्बन्धित मार्गमा नचलाउने सवारीको मार्ग अनुमतिपत्र खारेज पनि गरिएको छ भने सडकका साढे जस्ता बनेका समिति खारेज हुने भएका छन् ।

    नरम मिजासका गृहमन्त्री रामबहादुर थापा बादलको गर्जनले यातायात व्यवसायीहरु आत्तिएका छन् । उनीहरुलाई आजको हड्ताल ‘ भालूको कन्पट’ जस्तै भएको छ ।

    बादलले यसअघि नै यातायातमा अवरोध गरे प्रहरीले चाबी खोसेर यातायात सुचारु गर्ने चेतावनी दिँदै आएका छन् ।

    अपडेट :  सरकार गलाउन गरेको हड्ताल उल्टै प्रत्युत्पादक भएपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुले शनिबारदेखि सदा झैँ नियमित सेवा शुरु गरेका छन ।

    हेर्नुस बिज्ञप्ती

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...