News Portal

  • ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    भक्तपुरपोस्ट संवाददाता
    २३ पटक

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।

    बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा महासंघ ललितपुर शाखा र झम्सीखेल निवासी लक्ष्मणबहादुर विष्टबीच पुरस्कार स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरिएको हो।

    नयाँमार्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक विष्टले स्वर्गीय आमा राधा विष्टको स्मृतिमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। सो कोषको वार्षिक ब्याजबाट हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई पुरस्कार स्वरूप सम्मान गरिने ललितपुर शाखाले जनाएको छ।

    पुरस्कार घोषणा गर्दै महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले यसले पत्रकारिता क्षेत्रमा थप ऊर्जा र प्रेरणा दिने विश्वास व्यक्त गरे।

    शाखाका सचिव दीपक अर्यालले दिएको जानकारी अनुसार कार्यविधि बनाएर  पुरस्कार वितरणको ब्यवस्था गरिनेछ । पुरस्कारको कार्यविधि, मापदण्ड तथा छनोट प्रक्रिया महासंघले निर्धारण गर्ने र पुरस्कारका लागि महासंघ ललितपुरमा आबद्ध सदस्य मात्र योग्य हुने सचिव अर्यालले स्पष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...