News Portal

  • बसको छतबाट खसेर एकको मृत्यु

    बिमल आचार्यबर्दिबास, २४ बैशाख
    ६२० पटक
    बर्दिबास, २४ बैशाख

    महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक श्याम मण्डल रहेका छन् ।

    ४० वर्षीय मण्डल एकडारा गाउँपालिकाको बहेडाका भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    ना ४ख ५६४७ नम्बरको यात्रुबाहक बसको छतबाट खसेर उनको मृत्यु भएको हो । आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्कियामा बसको छतमा सामान हालेर तल झर्ने क्रममा उनी छतबाट सडकमा खसेका थिए । प्रहरीका अनुसार मण्डललाई उपचारको लागि जनकपुरमा लैजाँदै गर्दा करीब ७ बजेतिर उनको बाटैमा मृत्यु भएको थियो ।
    बस र चालक इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...