News Portal

  • हुम्लामा हवाई यातायात बन्दसँगै आवत जावतमा समस्या

    राजन रावत/हुम्ला
    ५४३ पटक

     

    समायोजनका नाममा हवाई भाडा बृृद्धि गरेको भन्दै हुम्लाबासीले त्यसको बिरोध स्वरुप शनिबार हवाई यातायात बन्द गरेका छन ।

    संस्कृृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नयाँ समायोजन गरेको हवाई भाडाबाट हुम्लाबासीले यस अघि पाउदै आएको सहुुलियत फ्लाईटको सुुबिधा समेत खोसेको भन्दै पहिलो चरणको अन्तिम बिरोधको कार्यक्रम अन्र्तगत शनिवार हवाई यातायात बन्द गरिएको हो ।

    हवाई यातायात बन्दसँगै नेपालगंजबाट सिमकोटका लागि हुुने उडान सञ्चालनमा आउन सकेन । बन्दकर्ताहरुले बिहान सात बजेबाटै बिमानस्थलको नागरिक उड्यन कार्यालय बन्द गरेपछि हवाई सेवा सुुचारु हुुन नसकेको बन्दकर्ता प्राध्यापक संघका अध्यक्ष बसन्त रोकायाले बताए । शनिवारबाट पहिलो चरणका आन्दोलन पुुरा भएको र सरकारले त्यसको सुुनुुवाई नगरेको कारण अब दोस्रो चरणको आन्दोलन गरिने उनले बताए ।

    हवाई सेवा बन्दको कार्यक्रम संगै पहिलो चरणका बिरोधका कार्यक्रम समेत सफल रुपमा सम्पन्न भएको उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए । हवाई भाडा बृृद्धिको बिरुद्धमा जिल्लाका सात वटै गाँउपालिका, नेपाल कम्युुनिष्ट पार्टी ( नेकपा), नेपाली काँगे्रेस, संघिय समाजवादी फोरम नेपाल, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, निर्माण ब्यबसायी संघ, होटेल ब्यबसायी संघ, प्राध्यापक संघ र नागरिक समाजको सहभागिता रहेको प्राध्यापक संघका अध्यक्ष रोकायाले जानकारी दिए ।

    यस अघि हवाई भाडामा सिन्डिकेट भएको भन्दै सरकारले नेपालगंजबाट सिमकोटका लागि चार्टर फ्लाईट हटाएर नेपालगंजवाट सिमकोट र सिमकोटबाट नेपालगंजका लागि समान भाडादर सात हजार एक सय ९० रुपियाँ कायम गरेको थियो । जुुन गत जेठ १० गतेवाट कार्यान्वयनमा आएको थियो । तर, हुम्लाबासीले यस अघिको दुुईतर्फी पाँच हजार दुुई सय ९० रुपियाँ पाउदै आएकोमा सहुुलियत फ्लाईटको भन्दा हालको भाडा बढाएको भन्दै दुुई तीन पटक ज्ञापन पत्र पेश गर्दा पनि कुुनै सुुनुुवाही नभएको आयोजकले जनाएको छ ।

    पहिलो चरणका अन्य कार्यक्रमहरुमा गाँउपालिकामा धर्ना, प्रशासन, नागरिक उड्यन प्राधिकरणका धर्ना र सिमकोट बन्द जस्ता बिरोधका कार्यक्रमहरु सफल रुपमा सम्पन्न भएको आयोजकले जनाएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...