News Portal

  • बढ्यो हरिवन चोकदेखि कैलाशपुरीसम्मको बाटो : तीन महिना भित्र बनाइसक्ने निर्णय

    प्रेमनाथ पाैडेलसर्लाही, २८ भदाै
    २७१५ पटक
    सर्लाही, २८ भदाै

    सर्लाहीको हरिवन चोकदेखि धार्मिक पर्यटकीय स्थल कैलाशपुरी मन्दिर सम्मको बाटो १८ फिटबाट बढेर ३५ फिट हुने भएको छ ।
    केही दिन अघि नगरपालिका कार्यालयमा बसेको सर्वपक्षीय भेलाले बाटोलाई फराकिलो बनाउने निर्णय गरेको हरिवन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले बताए ।

    हरिवन चौकदेखि उतर करीव ५ किमी सडक फराकिलो बनाउनुको साथै कालो पत्रे पिच समेत हुने निर्णय भएको ढकालले जानकारी गराए । सडक पिच गर्नको लागि केन्द्रिय सरकारको करिब ५ करोडको लगानी रहेको बताइएको छ ।

    कालोपत्रे सडक निर्माण भएसंगै चुरे क्षेत्रमा रहेको धार्मिक तथा एेतिहासिक पर्यटकिय क्षेत्र कैलाश पुरी को समेत बिकास र पर्यटकलाई भित्राउन सके नगरपालिकाको राजश्वमा समेत वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

    सडक ६ महिना भित्रमा बनाई सक्ने भए पछि सडक का दायाँ बाया सडक अतिक्रमण गरिएका घर टहराहरु हटाउने सडकको चौडाईमा एकरुपता ल्याउनको लागि नापनक्सा गरेर काम अघि बढाउने निर्णय नगरपालिकाले गरि सकेको वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ बिनोद ढुङेलले नेपालवाललाई बताए ।

    नगर प्रमुख गणेश प्रसाद प्रसाईं, उप प्रमुख रेणुका पौडेल, सबै वडाका निर्वाचित जन प्रतिनिधि. विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी, व्यापारी वर्ग र स्थानीय लगायतका व्यक्तिहरुको उपस्थितिमा छलफल गरि सहमतिकै आधारमा निर्णय गरिएको हो । अबको तीन महिना भित्रमा नगरपालिकाको मापदण्ड अनुसार नगरपालिकाले सडक बिस्तार गर्ने जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...