News Portal

  • ‘यसरी काम गरेर हुन्न’ भन्दै कड्किए मन्त्री पोखरेल

    ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुलाई मन्त्री पोखरेलको निर्देशन

    नेपालवाल संवाददाताकाठमाडौँ, ११ असोज
    १४२५ पटक
    काठमाडौँ, ११ असोज

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुलाई मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ”अब पुरानैं शैंलीमा काम गरेर हुन्न, जनताप्रती उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्नुपर्छ ।”

    उनले सरकार शिक्षाको आमुल परिवर्तनको पक्षमा रहेको बताउदै नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्नुपर्ने आवश्यकता औल्याए । ”नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्दा समस्या देखिन सक्छन् तर समस्याबाट भाग्ने होइन, समाधान खोज्नुपर्छ ।” उनले भने ।
    मन्त्री पोखरेलले राष्ट्रको मागलाई बेबास्ता गर्दै आफू अनुकुल मात्र निर्णय गर्ने बानी परेको कर्मचारीहरुका कारण जनअपेक्षा अनुरुप काम अघि बड्न नसकेको आरोप लगाए । उनले आफू अनुकुल मात्र निर्णय गर्ने परीपाटीको अन्त्य गर्नुपर्ने बताउँदैं नतिजामा आधरित भएर आफूले सबैंको कामको मुल्याङ्न गर्ने भन्दै कामलाई पहिलो प्राथमिकतामा पार्न निर्देशन दिएका थिए ।

    ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव, शिक्षा विकास निर्देशक, शिक्षा तालिम केन्द्र प्रमुख र मन्त्रालयका सबैं बिभागिय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरण कार्याशाला गोष्ठीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुलाई रुपान्तरणको प्रक्रियामा लैंजाने निर्णय भएको जानकारी गराउँदैं अब विद्यालय सुधारका कार्यक्रम ल्याउन पनि निर्देशन दिए ।

    प्राविधिक शिक्षा र जीवन उपयोगी शिक्षा अनिवार्य भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र शीपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको पुनसंरचना आवश्यक भएको भनेका थिए । शिक्षामा बिज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदैं मन्त्री पोखरेले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्नेमा जोड दिए ।

    शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा बिहीबारबाट आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरु भएको हो ।

     

    कार्यक्रममा मन्त्रालयका सहसचिव एवम् योजना महाशाखा प्रमुख बैंकुण्ठ प्रसाद अर्यालले आ.व. २०७५/०७६ को शिक्षा तथा विज्ञान प्रविधि सम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुती गरेका थिए । प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयनसंग सम्बन्धित समस्याहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...