News Portal

  • नयाँ बर्षको पहिलो दिनमै घट्यो दुखद घटना: ‘न्यू इयर’ मनाउन गएकी युवती होटलमै बलात्कृत !

    इमान्दार संवाददातानेपालगञ्ज ।
    २१४६ पटक
    नेपालगञ्ज ।

    नयाँ बर्षकै दिन नेपालगञ्जमा दुखद घटना घटेको छ । ‘ह्याप्पी न्यु इयर’ मनाउन साथीसँग होटलमा पुगेकी एक युवती बलात्कृत भएकी छन् ।

    सुर्खेतरोडस्थित होटल सिग्नेटमा आइतबार न्यु इयर पार्टीको आयोजना गरियो । घटनामा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी भारती पनि मुछिएका छन् । सुर्खेत घर भइलामो समयदेखि होटल सिग्नेटमा बस्दै आएका मनोजले आइतबार सुर्खेतका ४३ वर्षीय निरज गुरुङका साथै केही महिला साथीहरुलाई त्यहि होटलमै बोलाए ।

    होटल प्रशासनका अनुसार मनोज ३२१ कोठामा बसेका थिए भने गुरुङ ३०५ मा बसेका थिए । मदिरा सेवन गरेका गुरुङले मध्यरातमा कोठा नम्बर ३०५ मा बसेकी युवतीलाई बलात्कार गरेका छन् । पीडित युवती मनोजको आमन्त्रणमा नै होटल गएकी थिइन् ।

    मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडित यूवतीको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेको र उनको उद्दार गरेको बाँकेका निमित्ति प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र अर्यालले जानकारी दिए ।

    बाँके प्रहरीले बलात्कारको अभियोग लागेका निरज गुरुङसँगै मनोजलाई पनि हिरासतमा लिएको छ । प्रहरीले अनुसन्धानको लागि होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत नियन्त्रणमा लिएको छ ।

    पीडित युवती र गुरुङको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी जुटेको छ । सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज पनि घटनामा संग्लन हुनसक्ने प्रहरीकाे अनुमान भए पनि सत्यतथ्य बाहिर अाउन बाँकी नै रेहकाे बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...