News Portal

  • काँग्रेस कार्यकर्ताले माओवादी नेताको टाउको फुटाए, अबस्था गम्भीर

    इमान्दार संवाददाताबागलुङ ।
    १४६७ पटक
    बागलुङ ।

    बागलुङमा माओवादी र काँग्रेस कार्यकर्ताबीच विवाद हुँदा तनाब भएको छ । बिहे भोजमा सहभागी उनीहरुबीचको सामान्य विवादले झडपको रुप लिंदा माओवादीका एक केन्द्रीय सदस्य गम्भीर घाइते भएका छन् ।

    बागलुङको निसीखोलामा राजनीतिक कुराकानीका क्रममा विवाद हुँदा कांग्रेस कार्यकर्ताको कुटाइबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कुशल बुढा मगर  गम्भीर घाइते भएका हुन्।

    मदिराले मातेका निसीखोला गाउँपालिका-६ भल्कोटका काँग्रेस कार्यकर्ता लालकुमार बुढाले एकाएक सोही ठाउँका बस्ने माओवादीका केन्द्रीय सदस्य बुढा मगरको टाउमा ढुंगाले प्रहार गर्दा उनि गम्भीर घाइते भएका हुन्।

    बुढाको निधार र दाहिने हातमा गम्भीर चोट लागेको निसीखोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिए। आक्रमणकारी लालकुमार बुढा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता  र घाइते कुशल बुढा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य हुन्।

    घाइते बुढाको स्थानीय आशा मेडिकलमा उपचार भइरहेको छ । मंगलबार राति १० बजे उक्त घटना भएको प्रहरीले जनाएको छ।

    भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको बिहे भोजमा गएका उनीहरुबीच राजनीतिक विषयमा कुराकानी गर्ने क्रममा सामान्य विवाद हुँदा लालकुमारले एक्कासि ढुंगा हानेका प्रत्यक्षदर्शी बेलबहादुर बुढाले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...