News Portal

  • दुखद खबर: राजधानीको १४ तले अपार्टमेन्टमा आगलागी, एक जनाको मृत्यु

    इमान्दार संवाददाता
    २००४ पटक

    सानो गौचरनस्थित १४ तले अपार्टमेन्टको दोस्रो तलामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।  बुधबार राति ८ बजे केएल रेसिडेन्सि नाम गरेको उक्त अपार्टमेन्टमा  आगलागी हुँदा भारतीय नागरिक वीरबल माझीको मृत्यु भएको कमलपोखरी प्रहरी वृत्तका डिएसपी  कुलदीप चन्दले बताए।

    ‘हामीले उद्दार गर्ने बेलासम्म उहाँ जिवित हुनुहुन्थेन तर हामीले टिचिङ अस्पताल पठाएका छौँ,’ उनले भने। अहिले काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै दमकल पुगेर आगो नियन्त्रण गरेको उनले बताए। आगलागीको कारण थाहा हुन सकेको छैन।

    भारतको उडिया राज्यका  माझी रंग लगाउने काम गर्थे। आगलागी भएको तलामा माझी सहित अन्य केहि कामदार पनि बस्थे। तेस्रो तल्ला र त्यसमाथि  ५० परिवार बस्दै आएका थिए।   समयमै आगो नियन्त्रणमा आएकाले अरु धेरै क्षति हुन नपाएको पनि चन्दको भनाई छ।

    अपार्टमेन्टको पहिलो तलामा रहेको एक कोठामा आगलागी भएको हो । केमिकल रियाक्सनको कारण आगलागी भएको बताईको छ ।
    घटनास्थलमा पुगेको दमकल तथा सुरक्षाकर्मीको सक्रियतामा केहिबेरमै आगलागी नियन्त्रणमा लिन सकिँदा अन्य स्थानमा आगो फैलिन नपाएको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...