News Portal

  • कांग्रेसबाट ४ समानुपातिक सांसदको पद खोसियो, ४ को भाग्य चम्कियो !

    इमान्दार संवाददाताकाठमाडौं ।
    १३७२ पटक
    काठमाडौं ।

    नेपाली कांग्रेसले समानुपातिक सूचिका चार सांसदको नाम सच्याएको छ । सच्याइएको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । उम्मेद्धारी दर्ता गर्दा बुझाइएको बन्दसूचि र पछि पेश गरेको सूचिमा फेरबदल भएको भन्दै कांग्रेससहित पाँच दललाई निर्वाचन आयोगले पत्राचार गरेको थियो ।

    नेपाली कांग्रेसले खसआर्य महिलातर्फ समानुपातिक उम्मेद्धारको सूचि बुझाउँदा शान्ता पौडेलको नाम एक नम्वरमा थियो । तर समानुपातिक सांसदको अन्तिम सूचि बुझाउँदा तीन नम्वर क्रमसंख्यामा रहेकी सीतादेवी पौडेलको नाम सिफारिस गरेको थियो ।

    आयोगले असहमति जनाएपछि कांग्रेसले सीतादेवीको नाम हटाएर पुन शान्ता पौडेलको नाम पठाएको छ । त्यसैगरी प्रदेश नम्वर १ मा टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

    प्रदेश नम्वर २ बाट सलमा खातुनको नाम पठाएको थियो । तर सच्याइएको सूचिबाट खातुनको नाम हटेको छ । उनको स्थानमा आदिवासी जनजातीबाट शोभा लामाको नाम बुझाइएको छ । प्रदेश नम्वर ५ की सूर्यमति उपाध्यायको नाम पनि सच्याइएको छ । उनको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटाबाट सांसद बनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...