News Portal

  • ओलीले विद्यालाई पुनः राष्ट्रपति बनाउन चाहेपछि एमालेभित्र खैलाबैला, झलनाथ खनाल आगो

    इमान्दार संवाददाताकाठमाडौं ।
    १४५९ पटक
    काठमाडौं ।

    एमाले अध्यक्ष केपी ओलीले विद्या भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने योजना बनाएको थाहा पाएपछि एमालेभित्र खैलाबैला सुरु भएको छ ।

    अघिल्लोपटक नै राष्ट्रपति बन्ने इच्छा प्रकट गरेका वरिष्ठ नेता झलनाथ खनाल यसपटक पनि राष्ट्रपतिको रेसमा छन् ।

    तर यसपटक पनि पुनः अाेलीले भण्डारीलार्इ नै दोहोर्याउने तयारीमा लागेको थाहा पाएपछि खनाल आगो बनेका हुन् । आफू कसैलाई नमस्कार गरेर राष्ट्रपति बन्ने पक्षमा नहरेको खनालले बताएका छन् ।

    यद्यपि खनालले राष्ट्रपतिको अफर आए अस्वीकार भने नगर्ने स्पष्ट गरे । ‘राष्ट्रपतिको जिम्मेवारीका लागि आग्रह गरिए म जिम्मेवारी बोक्न तयार छु’, बिहीबार झापाको बितौमोडमा सञ्चारकर्मीसँग खनालले भने, ‘तर राष्ट्रपति बनाइदेऊ भनेर कसैलाई नमस्कार गरेर हिंड्दिन ।’

    अघिल्लोपटक विद्या भण्डारी राष्ट्रपति बन्ने बेलामा पनि उनले इच्छा प्रकट गरेका थिए । तर, एमाले नेतृत्वले उनको चाहना पूरा गरेन ।रहेका बेला खनालको यस्तो प्रतिक्रिया आएको हो । खनालले स्पष्ट रुपमा कसैको नाम उल्लेख नगरे पनि एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै ‘नमस्कार’ नगर्ने बताएका हुन् ।

    ओलीले माओवादी अध्यक्ष प्रचण्डबाहेक अरुको हकमा वर्तमान राष्ट्रपतिलाई नै निरन्तरता दिने बताइसकेका छन् । फरक प्रसंगमा उनले ताजा जनादेश आइसक्दा पनि सत्ता छाड्नुको साटो सरकारमा बसेर जथाभावी निर्णय गर्ने र सत्ता लम्ब्याउने खेलमा लागेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...