News Portal

  • गुण्डा नाईके मनोज पुन समूहद्वारा व्यापारी पौडेलको गोली हानि हत्या

    इमान्दार संवाददाताकाठमाडौं ।
    १७११ पटक
    काठमाडौं ।

    रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा एक व्यवसायीको गोलीप्रहार गरी हत्या भएको छ।

    गुण्डा नाईके मनोज पुन समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएकाे हाे ।   गोली लागि घाइते पौडेलको अञ्चल अस्पताल बुटवलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

    काठ मिलमा गएका पौडेललाई बिहान करिब सवा ११ बजे डिस्कोभरी मोटरसाइकलमा आएका २ जनाले गोली हानेर भागेका थिए । घटनाको जिम्मा मनोज पुनले लिएका छन् ।

    ‘मेलै हाय हेल्लो गर्ने व्यक्तिलाई पनि अनावश्यक रुपमा फसाएको कारण मेरो केटाहरुले गोली हानेका हुन् । तिवारीको हत्या हुनु अघि पनि मैले सुध्रिन भनेको थिए तर मानेन ।’ मनोजले भनेका छन् ।

    मनोजले बुठवलका पत्रकार कपिल ज्ञवाली र भैरहवाका पत्रकार राधेश्याम विश्वकर्मालाई मलेसियाबाट फाेन गरेर घटनाकाे जिम्मा लिएका हुन् ।

    पौडेलको के-कति कारणले हत्या गरिएको हो भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...