News Portal

  • बुवाको ज्यान लिए, आमालाई हस्पिटलको बेडमा पुर्‍याएर आफू प्रहरी खोरमा पुगे सोनु, कसरी घट्यो दुखद घटना ?

    १९१३ पटक

    सलिम अन्सारी, प्युठान ।

    बुवाको ज्यान लिए,आमालाई हस्पिटलको बेडमा पुर्याएर आफू प्रहरी खोरमा पुगेका छन सोनु भनेर चिनिने मोहोनलाल खाम्चा। दाइ अपाङ्ग छन, आमाको ढाड भाँचिएकाे छ। गम्भीर अबस्थामा अामाको बुट्वलमा उपचार भैरहेको छ।

    घरमा कमाउने कोहि छैन, खाम्चा परिवारको घर गृहस्थी त लथालिङ भयो नै ,अब ती सिकिस्त आमाको उपचार कसरी होला भन्ने चिन्ता समेत थपिएको छ।

    बिहिबार साझँ जिल्लाको सरुमारानी गाउँपालिका-५ बिरिङ्कोट जस्पुर निवासी २० वर्षीय मोहोनलाल खाम्चाले ५४ वर्षीय बाबु रैसिङ खाम्चाको फरुवाको बीड प्रयोग गरि हत्या गरेका छन्।

    दाउराको प्रहारबाट घाइते रैसिङको उपचारको क्रममा गएराति बुट्वलमा मृत्यु भएको हो । बुवासँगै हत्या प्रयास गरिएकी आमा गम्भीर घाइते छिन। बिहिबार साँझ आफ्नै घरमा घरायसी कुराकानी चलिरहेका बेला छोरा मोहोनलालले एक्कासी आमालाई कुटपिट गर्न थालेपछी छुट्टाउन पुगेका आफ्नै बुबामाथि फरुवा प्रहार गरेका थिए।

    मोहनलालले बाबु रैसिङलाई फरुवाको बिडले टाउकोमा हिर्काएर  हत्या गरेको प्रहरीले बताएको हो । हत्यापछि प्रहरीले मोहोनलाललाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले दोषी माथी कानुनी कारबाही हुने बताएका छन। घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट विशेषज्ञ टोलि घटनास्थल पठाइएको पोख्रेलले जानकारी दिए।

    झण्डै दुई बर्ष देखि सोलुखुम्बुस्थित एक हाइड्रोपावरमा ट्याक्टर चलाउदै आएका सोनु भनेर चिनिने मोहोनलाल हप्तादिन अघि बुबा विरामी रहेको भन्दै घर आएका थिए। घटनास्थल सरुमारानी गाउंपालिकाको केन्द्र बड्डडाडा बजार देखि झण्डै ७ किलोमिटर पश्चिममा पर्छ।

    सामान्य किसान खाम्चा परिवारको आर्थिक अवस्था नाजुक रहेको छ । गम्भीर घाइते खाम्चा पत्नीको उपचारका लागि समेत आर्थिक जोहो हुन नसक्दा अपांग छोरा

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...