News Portal

  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनित

    इभक्तपुर संवाददाताकाठमाडौं, २२ चैत
    १०५३ पटक
    काठमाडौं, २२ चैत

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनित भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा २३ तथा नियमावली, २०६५ को नियम बमोजिम गठन हुने मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिमा के. आई. नेपाल मनोनित भएको हो ।

    विगत १० बर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था के.आई. नेपाललाइ मन्त्रीपरिषद निर्णयबाट उक्त समितिमा मनोनित गरिएको हो ।
    मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था वा व्यक्तिमध्येबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मनोनित गर्ने ३ जना सदस्यहरुका निम्ति २०७४/१२/१६ को मन्त्रीस्तरीय निर्णय अनुसार के.आई नेपाललाई राष्ट्रिय समितिको सदस्यमा मनोनयनमा परेको जनाइएको छ ।
    राष्ट्रिय समितिको सदस्यमा मनोनयन भएसँगै के.आई. नेपाललका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले आफुहरुमा थप जिम्मेवारी आएको बताएका छन । मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पाएको जिम्मेवारी संस्थाले अझै प्रभावकारी रुपमा पूरा गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।

    हाल मानव बेचविखनको स्वरुप बदलिदै गईरहेको अवस्थामा नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श, भारत लगायत तेस्रो मुलुकमा विभिन्न बाहानामा तथा रोजगारीको शिलशिलामा अलपत्र अवस्थामा रहेकाहरुको उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालबालिकाको पुनर्स्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने, तथा समुदायमा सचेतनामूलक कार्यक्रम सँगसँगै व्यवसायिक तालिम तथा महिला सशक्तिकरणका कार्यक्रमहरू संचालन गर्दै आइरहेको भट्टराइले भनेका छन ।
    आ.व २०७३ / ७४ को तथ्यांक अनुसार यस संस्थामार्फत ४६६ जना महिला तथा बालिकाको उद्धार गरी परिवारमा पुनर्मिलन गराउने कार्य यस संस्था मार्फत भएको छ साथै भारतका विभिन्न ठाउँहरुबाट छ महिनाको अवधिमा ५ महिला र ३ किशोरीको उद्धार गर्न संस्था सफल रहेको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...