News Portal

  • शहीद पत्नी निलमदेवीलाई नियुक्ति पत्र दिदै लालबाबुले भने, ”सवै शहीद परिवारलाई जागिर दिन्छौ”

    नेपालवाल संवाददाताजनकपुरधाम, १३ भदाै
    १०९४ पटक
    जनकपुरधाम, १३ भदाै

    दुई नम्बर प्रदेशमा शहीद परिवारलाई रोजगारी प्रदान गरिएको छ । मंगलवार तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी पत्नी निलम देवी राउतलाई पनि प्रदेश सरकारले रोजगारी दिएको छ ।

    प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । मुख्यमन्त्री मो.लालबाबु राउतले मंगलबार एक कार्यक्रमका बीच निलम देवीलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

    पहिलो मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेश सरकारले उक्त रोजगारीको व्यवस्था गरेको जानकारी प्राप्त भएको छ । पहिलो मन्त्रिपरिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो ।

    नियुक्ति पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्रीले भने ” जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौं । ”

    यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ । मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...