काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले कपन र सतुंगलबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले छापा मारेर उक्त परिमाणको मास्क बरामद गरेको जनाएको छ ।
विश्वभर फैलिएको महामारी कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख र सतुंगलबाट पनि डेढ लाखभन्दा बढी मास्क बरामद गरेको महानगरीय प्रहरी डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।