News Portal

  • तनहुँका दैनिक पत्रिका बन्द

    भक्तपुरपोष्ट संवाददाता११ चैत २०७६
    १६२९ पटक
    ११ चैत २०७६

    दमौली । कोभिड–१९ को प्रभावले तनहुँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिका आजदेखि बन्द गरिएका छन् । दमौलीबाट प्रकाशन भइरहेका सात र दुलेगौँडाबाट प्रकाशन भइरहेको एक गरी आठ दैनिक पत्रपत्रिका आजदेखि बन्द गरिएको हो ।

    बजारमा देखिएको त्रास र छाएको मन्दीका कारण पनि पत्रिकाको प्रकाशन रोकिएको सम्बन्धित पत्रपत्रिकाका सम्पादकहरुले जानकारी दिएका छन् ।

    देशमा देखिएको विषम परिस्थितिमा उच्च सतर्कता अपनाउनुपर्ने भएकाले संस्थासँग आबद्ध कर्मचारी पनि जोखिममा पर्न सक्ने भन्दै केही समयका लागि प्रकाशन बन्द गरिएको भञ्ज्याङ दैनिकका सम्पादक नारायण खड्काले जानकारी दिए । “मुलुक अहिले लकडाउनको अवस्थामा पुगेको छ, यो अवस्थामा हामी सबै क्षेत्र गम्भीर भएर सरकारको निर्देशन पालना गर्नुपर्ने दायित्व हो,” खड्काले भने, “सहज अवस्था नभएसम्मका लागि बजारमा पत्रिका बिक्री वितरण रोकिएको छ ।”

    समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा जानसक्ने अवस्था नरहेको हुँदा पत्रिकाको प्रकाशन रोक्नुपरेको लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।

    पत्रिकाको संस्करण बन्द गरिएपनि अनलाइन भएका पत्रपत्रिकाले भने अनलाइनलाई निरन्तरता दिने बताएका छन् । खबरबाटिकाका साप्ताहिक एवं खबरबाटिका अनलाइनका सम्पादक समुन्द्र पौडेलले अनलाइनबाट सूचना तथा समाचार प्रवाह गरिने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...