News Portal

  • नेपाल दक्षिण एसियाकै खुसी मुलुक

    २०७७ चैत्र ८ गते,आइतबार
    ४७६ पटक
    २०७७ चैत्र ८ गते,आइतबार

    नेपाल विश्वमा खुसी भएका देशहरुको सूचीमा ८७ औँ स्थानमा परेको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले शुक्रबार सार्वजनिक गरेको विश्व खुसी रिपोर्ट (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१) को सूचीमा नेपाल ८७ औं स्थानमा परहेको हो । उक्त अध्ययन अनुसार नेपाल यसपटक दक्षिण एसियाकै खुसी मुलुक बन्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भारत १३९ औँ स्थानमा, चीन ८४ औँ स्थानमा छ, पाकिस्तान १०५ औँ स्थानमा र बंगलादेश १०१ औँ स्थानमा छन् ।

    विगत तीन वर्षमा गरिएको सर्वेक्षणका आधामा खुसी देशहरुको सूची निकालिएको हो। स्वस्थकर औसत आयु, सामाजिक सुरक्षा, सामाजिक स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको छ। अध्ययनले विशेष गरेर कोरोना महामारीले जनजीविकालाई पारेको असरमा जोड दिएको थियो।

    सन् २०२० मा ९२ औँ स्थानमा रहेको नेपाल सन् २०२१ मा ५ स्थान माथि उक्लिएर  ८७ औँ स्थानमा पुग्न सफल भएको छ । नेपालले १० मा ५.२६९ अंक प्राप्त गरेको छ । त्यसअघि सन् २०१९ मा नेपाल १०० औँ स्थानमा थियो।

    सूचीअनुसार विश्वकै सबैभन्दा खुसी मुलुक फिनल्यान्ड पहिलो नम्बरमा छ। फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन्। उत्कृष्ट दशभित्र युरोपबाहिरबाट न्यूजिल्यान्ड मात्र अटाएको छ।

    अफनिस्थान १४९ औँ स्थानमा परेको छ। सूचीमा विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिका १९ औँ स्थानमा छ ।

    यस्तो छ वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२१

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...