News Portal

  • काभ्रेमा प्रहरी र स्थानीयबीच झडप, ६ सेल अश्रुग्यास प्रहार, अबस्था तनावग्रस्त

    इमान्दार संवाददाताधुलिखेल ।
    १०९० पटक
    धुलिखेल ।

    काभ्रेको पात्लेखेतमा स्थानीयबासी र प्रहरी बीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक खुलाउने बिषयमा विवादमा बढ्दा झडप भएको हो ।

    बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले सडक अबरुद्ध पारेका छन्।

    बसबाट खसेर मृत्यु भएकी फुलमायाका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयवासीले सडक अबरुद्द गरेपछि त्यहाको अबस्था तनावग्रस्त रहेको हाम्रा संवाददाताले बताएका छन् ।

    मंगलबार विहानदेखि स्थानीयवासीले अबरुद्द पारेको सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा आक्रोशित भिडले प्रहरीमाथि नै हमला गर्ने प्रयास गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

    सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच  भएको झडपलाइ मत्थर पार्न प्रहरीले ६ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले दिएको जानकारीअनुसार अहिले क्षेत्रको अबस्था नियन्त्रणमा आइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...