News Portal

  • यी हुन् रक्सी पिएर कार्यालयभित्रै पिसाव फेर्ने र अश्लील शब्द बोल्ने ‘हाकिम साव’, यसरी परे पक्राउ

    इमान्दार संवाददाताउदयपुर ।
    १४०८ पटक
    उदयपुर ।

    दैनिक रक्सी सेवन गरेर कार्यालय आउने उदयपुरका एक कार्यालय प्रमुख पक्राउ परेका छन् ।

    उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

    अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।

    कँणेलका अनुसार यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका शिवकुमार तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय बस्ने गरेको दैनिक गुनासो आउन थालेपछि छड्के अनुगमन गरेर पक्राउ गरिएको बताए ।

    अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने गरेको गुनासो गरेकी थिइन् ।

    न्यौपानेले कार्यालय प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्याहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी थिइन् ।

    प्रमुख जिल्ला अधिकारी कँडेललाई कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छिन् । मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् ।

    ८ जनाको दरबन्दी भए पनि ३ जनाको भरमा कार्यालय २०७२ साउनदेखि संचालनमा आएको यस कार्यालयमा आठ जनाको दरबन्दी छ ।

    स्थापना भएदेखि नै तिम्सिनाले कार्यालय प्रमुखको जिम्मेवारी सञ्चालन गर्दै आएका थिए । कार्यालयमा प्रमुख एक, नायव सुब्बा दुई, मेकानिकल सुपरभाइजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा आठ जना सरकारी कर्मचारीको दरबन्दी छ ।

    नायव सुब्बा शिव तिम्सिनाको भरमा कार्यालय चलेको थियो । कार्यालयबाट सवारी साधन नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नेलगायतका कार्य सम्पादन हुने गर्छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...