News Portal

  • राष्ट्रिय सभाका उम्मेदवार छान्न प्रचण्डलार्इ धाै धाै, पद १४ दावी ६ दर्जनको

    इभक्तपुर संवाददाताभक्तपुर, ९ माघ
    १२०७ पटक
    भक्तपुर, ९ माघ

    काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लडिबडि गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे सङ्ख्या धेरै भएका कारण उनलार्इ समस्या परेकाे हाे ।

    माअाेवादी केन्द्रले राष्ट्रिय सभामा जम्मा १४ जनालार्इ मात्र उम्मेदवार बनाउन लागेकाे छ । नेकपा एमालेसँग चुनावी तालमेल गरेका कारण माअाेवादी केन्द्रले १४ सिटमा मात्र उम्मेदवारी उठाउने निर्णय गरेकाे हाे । पार्टीले जम्मा १४ जना उम्मेदवार बनाउने भए पनि अाकांक्षीकाे सङ्ख्या धेरै ठूलाे छ । जसमा अाफूलार्इ प्रचण्डकाे लंगाैटिया दाेस्त दावी गर्ने रामबहादुर थापा बादलदेखि भर्खर माअाेवादी चिनेका मान्छेहरुसम्म कस्सिएका छन् । पार्टीमा नजाेडिएका तर माअाेवादी केन्द्रका केही नेताहरुलार्इ रिझाएर अाफूलार्इ राष्ट्रिय सभामा पार्न दैलाे चहार्नेहरुकाे सङ्ख्या पनि निकै ठूलाे छ । त्यस्ता मान्छेहरुकाे दवाव पनि प्रचण्डले निकै झेलेका छन । त्यतिमात्र हाेइन, पार्टीमा याेगदान गरेका मध्येबाट छान्दा पनि ६ दर्जन बढीकाे लिस्ट पुगेकाे छ ।

    उम्मेदवार तय गर्नका लागि पार्टी हेडक्वार्टरले सबै प्रदेश कमिटिलार्इ सिफारिस गर्न दिएकाे निर्देशनले झन अप्ठ्याराे पैदा भएकाे छ ।प्रदेश कमिटिमा अाफूलार्इ याेग्य दावी गर्नेहरुकाे सङ्ख्या निकै ठूलाे बनेपछि याे काम केन्द्रले नै गरेकाे भए हुने भन्ने धेरै छन् । प्रदेशलार्इ जिम्मा दिएपछि सूची झनै लामाे बनेकाे छ । प्रत्येक प्रदेश कमिटिबाट सकभर सहमतिमा नाम पठाउन सहमति नभएमा बढीमा तीन जनाको नाम सिफारिस गर्न हेडक्वार्टरकाे निर्देशन थियाे । तर कतिपय प्रदेश कमिटीले एउटै सिटका लागि १० जनासम्म नाम पठाएका छन् ।

    स्राेतका अनुसार कुनै पनि प्रदेश कमिटिले सर्वसम्मत रूपमा नाम सिफारिस गर्न सकेका छैनन । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी शीर्ष नेता र प्रदेश इन्चार्जको बैठकमा सातवटै प्रदेशका इन्चार्ज/संयोजकहरूले आ-आफ्नो प्रदेशमा पार्टीको भागमा परेको सिटमा उम्मेदवार सिफारिस गरेको ६ नम्बर प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । ‘प्रदेश कमिटीले हेडक्वार्टरलाई सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ, अब शीर्ष नेताहरूले टुंगो लगाउनुहुन्छ,’ उनले भने ।

    माओवादीले प्रदेश १ मा महिला एक सिट, प्रदेश २ मा महिला एक सिट, प्रदेश तीनमा खुला एक र महिला एक सिट, प्रदेश ४ मा खुला एक र दलित एक सिट, प्रदेश ५ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट, प्रदेश ६ मा महिला एक, खुला एक र अल्पसंख्यक एक सिट तथा प्रदेश ७ मा महिला एक र खुला एक सिटमा मात्र पार्टीका तर्फबाट उम्मेदवार उठाउँदै छ । अन्य सिटमा भने उसले एमाले उम्मेदवारलाई सहयोग गर्नेछ ।

    दुई पार्टीबीच कुल ५६ सिटमध्ये ४३ सिट जित्ने आकलनसहित एमाले-माओवादीले सिट भागबन्डा गरेका थिए । प्रदेशले सिफारिस गरेका उम्मेदवारको नाम मंगलबार बिहान अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बसेर टुंगो लगाउनेछन् । राष्ट्रियसभा चुनावका लागि बुधबार दलहरूले मनोनयन दर्ता गर्नु पर्नेछ ।

    प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका वरिष्ठ नेता रामबहादुर थापा राष्ट्रियसभामा भने उम्मेदवार बन्ने भएका छन्। माओवादी केन्द्रले एमालेसँगको तालमेलका आधारमा प्राप्त गरेको प्रदेश ३ को खुलातर्फ थापा उम्मेदवार बन्न लागेका हुन्। प्रदेश कमिटीले थापासहित लीलामणि पोखरेल र कृष्णप्रसाद सापकोटाको नाम खुलातर्फकै उम्मेदवारका लागि सिफारिस गरेको छ। मंगलबार उनीसहित बस्ने तीन शीर्ष नेताको बैठकले अनुमोदन गरे उनी राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बन्नेछन् ।

    थापाका अतिरिक्त दीनानाथ शर्मा, कालिबहादुर मल्ल, मायाप्रसाद शर्मा, विमला सुवेदी, देवराज रेग्मीलगायतको नाम पनि सिफारिसमा परेका छन्। त्यस्तै, चन्द्रकुमारी बस्नेत, बीना पोखरेल, नरमाया भट्टराई, गंगा पराजुली, सरीता महर्जन, गजाधर सापकोटा, पार्वती दुलाल, लालिराम लोहार, महेशकुमार महरा, जनक जोशी, बालकृष्ण चौधरी, जीवन बुढा, निमबहादुर बुढाथोकी, ललिता रेग्मी, प्रतिमा केसी, गुटल लामालगायतको नाम पनि सूचीमा छ ।

    सबैभन्दा बढी प्रदेश ७ को खुला सिटमा १० जना सिफारिस भएका छन्। ‘जिल्लाबाट सिफारिस भएका सबैको नाम केन्द्रलाई नै छान्न सिफारिस गरेकाले संख्या धेरै देखिएको हो,’ प्रदेश ७ का संयोजक लक्ष्मणदत्त जोशीले भने ।

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...