News Portal

  • नवलपुरस्थित ग्रामिण साकोसले बार्षिक उत्सवमा सम्झिएपछि बालबालिका र जेष्ठ नागरिक दङ्ग

    प्रेमनाथ पाैडेलसर्लाही, १७ जेठ
    १४७५ पटक
    सर्लाही, १७ जेठ

    सर्लाहीको लालबन्दी -१ नवलपुर चौकमा रहेको ग्रामिण बचत तथा ॠण सहकारी संस्थाले आफ्नो ७ औं बार्षिक उत्सवमा आफ्ना बाल बचतकर्ता,जेष्ठ सदस्य तथा एक बृद्दाश्रमलाई सम्मान गर्दै सम्पन्न गरेको छ । संस्थाले बिहीबार संस्थाका अध्यक्ष रोचराज शर्माको अध्यक्षता एवम् लालबन्दी नगरपालिका वडा नम्बर -१ का वडा सदस्य हरेराम बस्नेतको प्रमुख आतिथ्यतामा आफ्नै संस्थाको प्राङ्गणमा बार्षिक उत्सव सम्पन्न गरेको हो ।

    उत्सबको प्रमुख अतिथी बस्नेतले सस्थाको नाममा तयार गरिएको केक काटेर  उत्सव उद्घाटन गरेका थिए । उत्सवका अबसरमा लालबन्दी -२ जुटपानीमा रहेको पद्द्मभुवनेश्वरी नमुना बृद्धाश्रमलाई नगद पाँच हजार , ७० बर्ष उमेर पार गरिसकेका तीन जना जेष्ठ शेयर सदस्यलाई करुवा र संस्थामा बाल बचत गर्ने ३९ जना बालबालिकालाई स्टेशनरी कापी, कलम र स्कूल ब्याग दिएर सम्मान गरिएको थियो । माया र सम्मान पाएर बालबालिका र जेष्ठ नागरिक दङ्ग परेका देखिन्थे ।

    २०५९ सालमा २६ सदस्यबाट डिभिजन कार्यालय सर्लाहीमा दर्ता भै बचत तथा ॠण समन्धी कारोबार गर्दै आएको यस संस्थाले बार्षिक उत्सव भने बिगत दुई बर्ष देखि मात्र मनाउन थालेको संस्थाका प्रबन्धक रोहित भट्टराईले बताए ।

    अहिले करीव ६ सय शेयर सदस्य रहेको यस ग्रामिण साकोसले शेयर सदस्यहरुको आय आर्जन र जिविकोपार्जनमा टेवा पुर्याउनको लागि कृषि ,व्यापार ,शिक्षा ,बायोग्यास लगायत क्षेत्रमा सहुलियत दरमा ॠण प्रवाह गर्नुको साथै सामाजिक काम तिज बिशेष ,समयसमयमा वृद्धाश्रमलाई भोजन , समाजमा रहेको बेथितिको बिरुद्ध सचेतना कार्यक्रम, जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति लगायतको काम गरेको प्रति सहभागीहरुले सन्तोष व्यक्त गरेका थिए ।

    उक्त अवसरमा सहकारीकर्मीहरु मनोज अधिकारी ,शुष्मा दाहाल ,बर्षा लक्ष्मी पोख्रेल , तुलसी पौडेल लालबन्दी वडा नम्बर एक तथा दुई का संयुक्त वडा सचिब गोपाल थापा लगायतले सहकारीको बिषयमा बोलेका थिए । उक्त अवसरमा सहकारीको बिगत , बर्तमान र भावी योजना बारे प्रकाश पारिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...