सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने सुुत्केरी ब्यथा लागेकी महिलाको हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको छ ।
सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने चंखेली गाँउपालिका वडा नम्बर ३ मेल्छामकी २४ बर्षिया कल्पना रोकायालाई सुत्केरी ब्यथा लागेपछि स्थानीय स्तर उपचार नभए पछि आफन्तले हेलिकोप्टर चार्टर गरेर जिल्ला अस्पतालमा ल्याएको डाक्टर रन्जित कुुमार यादवले वताए ।
ब्यथाले छटपटाएकी रोकायाको जिल्ला अस्पतलाको प्रसुुती गृृहमा सुुुरक्षित रुपमा सुुत्केरी भएको अहिले आमा बच्चाको अबस्था ठिक भएको डाक्टर रन्जितले वताए । हिजो बेलुुकाबाट व्यथा लागे पछि शनिबार दिउँसोसम्म बच्चा नजन्मे पछि हेलिकोप्टर रिजर्भ गरि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन ।