News Portal

  • सडक निर्माण गर्दा झोलुुङ्गे पुुल जोखिममा

    राजन रावत/हुम्ला
    १०३४ पटक

    सिमकोट हिल्सा सडक आयोजनाले सडक निर्माण गर्ने क्रममा झोलुुङ्गे पुुल जोखिममा परेको छ । कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पुु खण्डको खार्पुुमा सडक निर्माण गर्ने क्रममा कर्णाली नदी माथिको झोलुुङ्गे पुुल जोखिममा परेको हो ।
    सिमकोट खार्पुु खण्डको सडक निर्माणका क्रममा खार्पुुनाथ गाँउपालिकाको वडा नम्वर २, ३ र ४ का बस्तीमा जाने कर्णाली नदी माथिको मुख्य झोलुुङ्गे पुुल जोखिममा रहेको खार्पुनाथ गाँउपालिकाका अध्यक्ष कर्ण रावलले बताए ।

    पुुल जोखिममा परे संगै दैनिक सयौ यात्री तथा पशुु बस्तुुलाई आवत जावत गर्न कठिन भएको उनले बताए । बाटोलाई दुुई तीन ठाँउमा निर्माण गर्दा र डोनर चालकले बाटो निर्माण गर्दा निस्केका ढुुगां जथाभावी फाल्दा पुुल जोखिममा परेको उनको भनाइ थियो ।

    बाटो खन्दा निस्केका ढुुंगा फालिदा पुुल माथि परेर पुुलको स्टिल पार्ट प्वाल परेर काठले ढाकिएको छ । झोलुुङ्गे पुुलको साईटमा पर्ने दुुई वटा घरहरु यस अघि नै घरधनीले भत्काएको र खानेपानीको पाईप लाईन र धारा पनि बाटो निर्माणका क्रममा भत्किएको अध्यक्ष रावलले बताए ।

    त्यो संगै खार्पुुनाथ शिबमन्दिर जाने पूर्व पट्टीको बाटो पनि सडक निर्माणका क्रममा निस्केको ढुुंगा फालिदा बाटो नै बुज्जिएर शिब मन्दिर आवत जावत गर्न असजिलो भएको छ । सो सडक सिमकोट हिल्सा सडक आयोजनाको आर्थिक सहयोगमा कंग्री, क्याराभान र जेबी निर्माण कन्ट्रक्सनले निर्माण गर्दै आएका छन् । ठेकेदार कम्पनी र सिमकोट हिल्सा सडक आयोजनाले जोखिममा परेका संरचनाको मर्मत गर्न आनाकानी गरि रहेकोले त्यसलाई अब गाँउपालिकाले मर्मत गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...