News Portal

  • खप्तडी बस्नेतको युवा भेला सम्पन्न : अध्यक्षमा रमेश र महासचिवमा रविनसहित ४९ निर्वाचित

    नेपालवाल संवाददाताकाठमाडौं, १० असार
    ८५३ पटक
    काठमाडौं, १० असार

    खप्तडी वस्नेत युवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौंको बत्तिस पुतलिस्थित विग फुडल्यान्डमा अधिवेशन सम्पन्न भएको हो ।

    बस्नेत इन्वेस्टमेन्ट ग्रुपका पुर्व अध्यक्ष तथा सम्मेलन अायोजक समितिका संयोजक महेश्वरमान सिह वस्नेतको संयोजकत्वमा प्रथम अधिवेशन सम्पन्न भएको थियो ।

    अधिवेशनले रमेश काजि बस्नेतको अध्यक्षतामा ४९ सदस्यीय मुल समिति निर्वाचित गरेको बताइएको छ । अध्यक्ष – रमेश काजि वस्नेत, उपाध्यक्ष – दिनेश काजि वस्नेत,उपाध्यक्ष – महेश वस्नेत,महा सचिव- रविन वस्नेत,सचिव- ह्यारि वस्नेतसहित समनसिह वस्नेत, सुरज वस्नेत,सुरज वस्नेत,दुर्गा वस्नेत,सुनिता वस्नेत र अभिनयमानसिंह वस्नेत पदाधिकारीमा निर्वाचित भएको जानकारी प्राप्त भएको छ ।

    अधिवेशन उद्घाटन गर्दै नेकपाका स्थायी सदस्य तथा पुर्व मन्त्रीसमेत रहेका माननीय टेकवहादुर वस्नेतले बस्नेतहरुको इतिहासलाई बचाउदै राष्ट्रसेवामा जुट्न आह्वान गरेका थिए ।

    नया कार्यसमितिले बस्नेत बन्धुहरुको उत्थान र बिकाशमा सहयोगका लागि अावश्यक पहल कदमी लिने र समाज, देश र मानव जातिका लागि योगदान गर्ने अठोट लिएको नवनिर्वाचित महासचिव रविन वस्नेतले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...