News Portal

  • सर्लाहीमा अक्सिजनको अभावले एक मजदूरको मृत्यु

    प्रेमनाथ पाैडेलसर्लाही, २३ असार
    ३०२२ पटक
    सर्लाही, २३ असार

    सर्लाहीको हरिवनमा अक्सिजनको कमि हुँदा एक मजदुरको ज्यान गएको छ । सेफ्टीट्यांकी भित्र पसेका मजदुरको ज्यान गएको हो ।

    हरिवन – ११ माछा बजार नजिक इन्द्र बहादुर श्रेष्ठले आफ्नो घरमा बनाएको ट्वाईलेट (शौचालय ) को सेफ्टिट्यांकी निर्माण गरि सकि सेफ्टीट्यांकि बनाउदा प्रयोग गरिएको काठ निकाल्न पसेका मजदुरको अक्सिजन अभावका कारण निसास्सिएर ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

    ”शनिवार बिहान हरिवन -५ घुर्कौली घर भएका ३५ वर्षीय श्याम बहादुर जिम्बा काठ निकाल्न सेफ्टीट्यांकी भित्र छिरेका थिए । जिम्बा बेहोस भएर ढले पछि उनलाई निकाल्न हरिवन नगरपालिकाको जेसीभी ल्याइएको थियो । जेसीभीको सहायताले जिम्बालाई बाहिर ल्याउन सकिएता पनि उनको ज्यान भने बच्न सकेन ।

    ” प्रेसर लो भएको शरीर र अक्सिजनको अभावमा बेहोस भएर ढले पछि हरिवन नगरपालिकाको जेसीभी लगाएर जिम्बालाई निकालियो तर निकाल्दा त ज्यान गईसकेको रहेछ ।” नाम नबताउने सर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

    अन्दाजी २०-२५ फीट गहिरो सेफ्टीट्यांकीमा पसेका जिम्बाको ज्यान गएपछि उनको परिवार आशुमा डुबेको छ ।

    जिल्ला अस्पताल मलङ्गवामा पोष्ट्मार्टम पछि अहिले जिम्बाको शव आफन्तलाई बुझाई सकिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...