News Portal

  • लालबन्दीमा हात्ती आतङ्क

    प्रेमनाथ पाैडेलसर्लाही, १९ मंसिर
    ३७१७ पटक
    सर्लाही, १९ मंसिर

    पाँच दिन अघिदेखि जिल्लामा देखा परेको जंगली हात्तीले जिल्लाको उतरी क्षेत्रका घरहरुमा क्षती पुर्याएपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । पाँच दिन अघि देखि आएर उपद्रो गरिरहेको जंगली हात्तीले गए राती पनि लालबन्दीमा स्थानीयको घर भत्काएपछि मानिसहरु त्रसित बनेका हुन् ।

    १५ गते शनिवार देखि देखा परेको दुईटा माउ र एउटा वच्चा सहितको हात्तीले सोमबार राती लालबन्दी- ११ का सिंहलाल गोले र हर्क वहादुर गोलेको घर भत्काएको थियो भने गए राती पनि लालबन्दी नगरपालिका वडा नम्बर- ८ र ६ मा स्थानीयको घर भत्काउँदा ५० हजार वरावरको क्षति भएको पीडितले बताए ।

    गएराती जंगली हात्तीले लालबन्दी नगरपालिका- ८ सुकुम्वासी टोलका दिलमाया मगरको तीन ओटा फुसको घर भत्काएको हो । त्यस्तै सोही ठाउँ बस्ने गोपीलाल परियारको टालीले छाएको घरको टाटी भत्काएको छ भने वडा नम्बर ६ का मुख बहादुर सिंतानको टालीले छाएको घर भत्काई दुई वोरा चामल, मकै खाएको गाउँलेले जानकारी गराए ।

    दिनभरी लालबन्दी साझेदारी वन क्षेत्रमा लुकेर वस्ने हात्तीले राती गाउँ पसेर स्थानीयको घर भत्काउनुका साथै मकै सहितका बालीनाली नष्ट गर्ने गरेको स्थानियबासीको भनाई रहेको छ । हात्ती आतंकका कारण स्थानीय रातभरी सुत्न सकेका छैनन् ।

    यता डिभिजन वन कार्यालय सर्लाहीले हात्ती पर्सा वन्यजन्तु निकुञ्जबाट चारकोसे झाडी हुँदै आएको हुन सक्ने अनुमान गरेको छ ।

    हरेक वर्ष निकुञ्जबाट आउने हात्तीले सर्लाहीमा ठूलो धनजनको क्षति समेत गर्ने गरेको छ । हात्तीको आतंक नियन्त्रण गर्न डिभिजन वन कार्यालय सर्लाहीले निकुञ्जको कार्यालय, प्रदेशको वन मन्त्रालय, केन्द्रको वन मन्त्रालय समेतलाई जानकारी गराइ सकेको सहायक डिभिजन वन कार्यालय सर्लाहीका अधिकृत वेचन राय यादवले बताए ।

    हात्ती भगाउँने विषयमा आफूले पनि निकुञ्जका पदाधिकारीहरुसँग कुरा गरिरहेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।हात्तीले क्षति पु¥याएकाहरुको विस्तृत डाटा संकलन गरी डिभिजन वन कार्यालय मार्फत क्षतिपूर्ति भराउने तयारी भईरहेको प्रजिअ पोखरेलको भनाई छ ।  उनले हात्तीको आक्रमणबाट बच्नको लागि सचेत हुन समेत आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...