News Portal

  • हेटौडामा ट्रक पल्टिँदा ८ गाडी ठोक्किए, २ को मृत्यु

    ४४७ पटक

    हेटौंडा, ७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् ।

    वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो ।

    मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ट्रक पल्टिएपछि सडकमा सवार करिब ८ वटा सवारीसाधन ठोक्किएका प्रहरीले जनाएको छ ।

    डिएसपी भट्टराईका अनुसार अनियन्त्रित भएर पल्टिरएको ट्रकले ठक्कर दिँदा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी घर भएका ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु भएका अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

    घाइते भएका ८ जनाको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    लिटिल वर्ल्ड स्कूलका विद्यार्थीले बनाए य:मरी

    भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा:...

    मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको...

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले...

    कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको...

    चिनियाँ अस्पतालमा वर्षमान पुनको उपचार सुरु

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स्...