News Portal

  • स्विमिङपुलमा डुब्दा गयो ज्यान

    १०२३ पटक

    भक्तपुर , १२ साउन । पौडीखेल्ने पोखरी ( स्विमिङपुल)मा डुब्दा शनिवार एकजनाको ज्यान गएको छ । ज्यान जानेमा काठमाडौँका छन्द बहादुर थापा रहेका छन् ।

    काठमाडौ घर भै चितवन घुम्न गएका थापाको होटलकै स्विमिङपुलमा डुब्दा ज्यान गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बूढानीलकण्ठ नगरपालिका-४ नारायणथान घर भएका थापाको शनिवार चितवनको स्विमिङपुलमा डुबेर ज्यान गएको हो ।

    उनी चितवनको पर्यटकीय क्षेत्र सौराहामा रहेको होटल रेन फरेष्टमा रहेका थिए । सोही होटलको स्विमिङपुलमा उनलाई बेहोस अवस्थामा फेला पारी चितवन मेडिकल कलेज पुर्याइएको भए पनि उनलाई अस्पतालका डाक्टरले राती करीव ९ बजेको समयमा मृत घोषित गरिदिए ।

    केहि दिन अघि मात्र दाङमा पनि पौडी खेल्न गएका एकाघरका ३ दिदीबहिनीको डुबेर ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...