News Portal

  • कमिसनको चक्करमा कोटेसनमा काम दिने अधिकृत अख्तियारको फन्दामा

    भक्तपुर, १३ साउन
    १२०७ पटक
    भक्तपुर, १३ साउन

    काठमाडौंस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्र, टेकुका जनस्वास्थ्य अधिकृत रंगेहात समातिएका छन् । सोमबार सातौं तहका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता घुस रकमसहित समातिएका हुन् ।

    कोटेसन मार्फत जनचेतनामुलक सामाग्री रेडियोमा प्रचारप्रसार गर्न केन्द्रले दिएको भएपनि सेवाप्रदायक संग त्यस बापतको कमिसन लिएपछि उनी अख्तियारको फन्दामा परे । रकम भुक्तानि गरे पश्चात कमिशन बापत घुस माग गरीरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले गुप्तालाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

    कोइरालाका अनुसार सेवाग्राहीसँग एक लाख घुस वापतको रकम लिइसकेको अवस्थामा बबरमहलस्थित बन विभागको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...